Saturday, October 10, 2026

हजुरबा भन्नुहुन्थ्यो

 खोल्छ भनेर
बोल्न नछोड्नू नाति,
कसैले देख्छ भनेर
लेख्न नछोड्नू नाति,
हजुरबा भन्नुहुन्थ्यो सधैं:
कसैलाई घोच्छ भनेर
सोच्न नछोड्नू नाति!

सम्बन्ध

अनौठो हुन्छ
सम्बन्धको सुत्र,
माया माग्दा
सम्मान पाइन्छ,
सम्मान माग्दा
माया गुमाइन्छ!

Friday, September 25, 2026

राम्रो होइन

अप्ठ्यारो मानी मानी
लाज नमानी नमानी
दिमाग चलाउनु राम्रो होइन
मुख चलाउनु राम्रो होइन
हात चलाउनु राम्रो होइन

Sunday, September 13, 2026

(अ)समानता

ठडिन त सबैलाई मन होला
कोही किला जस्तो ठडिन्छन्
कोही भने किल्ला जस्तो
मलाई‌ भने
नबिझ्ने काँडा
र नबिझाउने कविता
उस्तै उस्तै लाग्छन् !

Indifference

Call Narcissus your hero,
Worship him as a martyr,
Claim yourself fully sane,
Who would give a damn!

आश्था

तोडेको आस अनि छोडेको श्वास
सम्झेर पछि के लाग्नु र,
वचनमा राख्नु आश्था
प्रवचनले मात्र के जाग्नु र !

अडान

तिम्रा भक्तजनलाई
कोटी कोटी नमन छ
तर मेरो सहयोद्धा
मै छान्छु भगवान!

सपना

कहिलेकाँही त म आफैंसँग दंग पर्छु
खोसेलाको पिरामा बसी समुद्र तर्छु
पत्याइ हाल्नु भयो हतारमा महोदय?
म विपना होइन सपनाको कुरा गर्छु। 

Thursday, September 03, 2026

स्वाभाविकता

तिमीले गुफाभित्रबाट
चाहना गर्दैगर्दा आकाशको 
कोही शिखरको टुप्पोमा 
खेल्दै हुन्छ बादलसँग 

तिमीले खण्डहरमा उभिएर
प्यास मेट्दै गर्दा थोपाले
कोही विशाल नदीभित्र 
लगाउँदै हुन्छ गोता 

तिमीले फेदमा बसेर
कुर्दै गर्दा हावाको झोंक्का
कोही हाँगामा बसेर
टिप्दै हुन्छ पाकेको फल
 
यस्तो भइ नै रहन्छ साथी
चाहना नैसर्गिक पनि हो
तर पूरा गर्न भने 
गर्नै पर्छ परिश्रम 

Tuesday, September 01, 2026

सत्य यही हो

भन्न चाहेको जे होइन
सुनाउन नखोज्नु मलाई
सुन्न चाहेको जे होइन
भनाउन नखोज्नु मलाई
दिन चाहेको जे होइन
देखाउन नखोज्नु मलाई
लिन चाहेको जे होइन
दिलाउन नखोज्नु मलाई

चिन्न सक्छु म सहजै
घृणा पोतिएको मुस्कान
बुझ्न सक्छु म पलभरमा
कपट घुसेको प्रशंसा
सत्य यही हो महोदय
तिमीलाई धेरै नलागे पनि
खासै थोरै चाहिँ होइन ल
मैले यो धरती देखेको
यही धरतीको माटो टेकेको

Monday, August 31, 2026

Rhetoric of Rhetoric

If you become rhetoric-blind,
You will soon begin to believe,
Frankenstein created Mephistopheles,
Dr Faustus fell into perennial dilemma,
Hamlet sold his soul to a Monster.

अस्वीकार

घटेको कहाँ छ र साथी
वहन‌ क्षमता धर्तीको,
केही काम छैन अहिले नै
मलाई सुधार्ने अर्तीको !

फूल

झोँक चल्दा रोपेथेँ फूल
लाज पचेपछि फक्रेछ,
टिपेर ल्याउँछु भन्दैथेँ
लहरै लहराले पक्रेछ !

Thursday, August 20, 2026

If I know

If I know
How you feel
For your family,
Friends and foes;
Will I also know
How you feel for me?

Wednesday, August 19, 2026

उत्पत्ति

राप उमार्ने मन
पाप कोरल्ने मुटु
श्राप ओकल्ने मुख
नर्क त्यत्तिकै बन्या हो र
कुम्भिपाक त्यसै चल्या हो र !

वाध्यता

 उज्यालोको अनुयायी
अँध्यारोले चिन्छ
उज्यालोले देख्दैन

बत्ती बालेर बत्ती खोज्नु
वाध्यता हो दुनियाँको

अदृष्य रहन नसक्नेले
कम्तिमा छायाँमा चाहिँ
सिक्नु पर्छ बस्न!

Relations

Some relations
Are made in heaven;
Some make heaven
Out of hell;
Some others
Do the other way round! 

रोग

नौ-नाडी गलेपछि मात्र
भन्ने गर्छ मान्छे
'हे धर्तीका भारहरू हो
आसक्ति ठूलो रोग हो!'

भ्रम

मलाई पहिले लाग्थ्यो
भ्रम एक उपचार हो
तर अहिले लाग्छ
यो आचार हो
विचार हो
प्रचार हो

शरम

कुन क्षणमा
कुन तत्व परेछ कुन्नि
मैले खाएको खानामा
पिएको पानीमा
फेरेको श्वासमा
हेरेको दृष्यमा
सुनेको ध्वनिमा
सुँँघेको गन्धमा
हिंडेको बाटोमा
बसेको माटोमा
सुतेको ओछ्यानमा ...
हिजोआज मलाई
शरम लाग्नै छोडिसक्यो!

Saturday, August 15, 2026

कसरी

झुटो बोल्नु त पाप हो, ठूले
झुटले टालेको मन
भ्रमले जोगाउने खुसी
सत्यले च्यातिने सम्बन्ध 
कसरी सम्हाल्छस्, बाबै!

हिलो पानी

हिलो पानीमा माछा मार्नु परेपछि
कति गज्जब हुन्थ्यो होला हगि
भित्रै सफा भएर निस्किने
व्यवस्था मिलाउन पाए?

Manual

Are you the next cook?
Start littering the kitchen;
Create as many ravages,
As visible to prove relevance!

Invitation

Be ready to scale the world;
The toughest of the cliffs,
Fiercest of the gorges,
Darkest of the trenches,
Shall someday invite you
To party with them!

Friday, August 07, 2026

नजर

अहिले म आफ्ना नजरले
आफूलाई मात्र हेर्दैछु,
अरूका नजरले पनि
आफैँलाई नै हेर्दैछु,
अलिकति धैर्य गरिदेऊ प्रिय,
अघाउँजी आफूलाई हेरेपछि
आफ्ना र अरूका नजरले,
अरूलाई र तिमीलाई पनि
आफ्नो दुनियाँ हेर्न दिनेछु !