अक्षरहरूको बिस्कुन
"Metaphors I Live By"
Tuesday, November 10, 2026
माली
बगैँचा सम्हाल्ने मान्छेले
माली मै हुँ भन्छ नै
माटो पनि खन्छ नै
बिरूवा छान्छ नै
कीटनाशक हान्छ नै
गोडमेल गर्छ नै
मलजल छर्छ नै
पर्खाल लगाउँछ नै
परजीवी भगाउँछ नै
यति सबै देख्दादेख्दै
रोइलो चाहिँ गर्छ कसले?
बगैंचा नै चिन्दैन जसले!
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment